Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

होटलमा खाजा खान आएका ग्राहकको ह'त्या'मा संलग्न आमा छोरा सहित ३ जना पक्रा'उ - ब्राइटर खबर

प्रहरीद्वारा सार्वजनिक  तस्विर : सरस्वती पनेरु पण्डीत, निरज पण्डीत र किरण राना

गत वैशाख २७ गते बुधवार राती गल्छी गाउँपालिकास्थित पासङ्ग ल्हामु मार्गमा पर्ने शानदार होटलमा खाजा खान आएका ग्राहकको हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गल्छी गाउँपालिका वडा नम्वर– ८ निवासी होटल सञ्चालक सरस्वती पनेरु पण्डीत, निजको २६ वर्षीय छोरा निरज पण्डीत र पाल्पा जिल्ला तानसेन नगरपालिका वडा नम्वर १४ घर भई हाल गल्छी गाउँपालिका वडा नम्वर ८ मा बसोवास गर्दै आएका वर्ष ३० वर्षीय किरण राना रहेका छन् ।

प्रहरीका अनुसार  पक्राउ परेकाहरुले गल्छी गाउँपालिकावडा नम्वर –८ निवासी २८ वर्षीय विनोद थापा मगरको हत्या गरेको स्वीकारेका छन् । 

मृतक थापाले होटलमा खाजा खाएको पैसा तिर्ने क्रममा होटलवालसँग सामान्य विवाद भएपछि होटलका सञ्चालिका सरस्वती पनेरुले आफ्नो छोरा निरज पण्डितलाई बोलाएको र कुटपिट गर्दै धारिलो हतियार छुरा प्रयोग गरेर घाईते बनाएको अनुसन्धानका क्रममा पुष्टि भएको हो ।

घाईते थापा मगरको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख गौतम मिश्रले जानकारी दिनु भएको छ । 

ती मध्ये होटल संञ्चालिका सरस्वती पनेरुले सो होटलमा यौनधन्दा समेत चलाउँदै आएको स्थानीयले दिएको उजुरीको आधारमा प्रहरीले मानव बेचविखान र कर्तव्य ज्यानमा मुद्दा दर्ता गरेको खबर छ ।

Top Post Ad

post bottom ads

Ads Bottom