Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखराबाट मोटरसाइकल सँगै अन्य चोरीका सामान सहित ४ जना पक्राउ - Brighter Khabar

कास्की प्रहरीद्वारा सार्वजनिक गरिएको पक्राउ पर्नेहरुको तस्विर 

पोखरा, १८ वैशाख  कास्की प्रहरीले  चोरीका सामान सहित ४ जनालाई पक्राउ गरेको छ ।  ४ जनालाई प्रहरीले गएको १५ गते चोरीको सामान सहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धादिङ त्रिपुरा सुन्दरी न.पा. २ स्थायी घर भई पोखरा महानगरपालिका वडा नम्बर ९ पृथ्वी चोक बस्ने  वर्ष २१ को राजकुमार परियार, पोखरा म.न.पा. १३ काहुँडाडा बस्ने वर्ष २४ को विनोद परियार, जिल्ला गोरखा स्थायी घर भई हाल पोखरा म.न.पा. १३ मियाँपाटन बस्ने वर्ष ३१ को राजकुमार नेपाली र  जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. १३  बस्ने वर्ष २५ को अर्जुन नेपाली रहेको प्रहरीले जनाएको छ ।  

कास्की प्रहरीका अनुसार शङ्कास्पद अवस्थामा भेटिएका उनीहरूलाई सोधपुछ तथा खानतलासी गर्दा निजहरूले भिरेको झोलाबाट ल्यापटप, किबोर्ड, माउस, चार्जर १/१ थान, विभिन्न कम्पनीका मादक पदार्थ (रक्सी) का बोतल ११ थान, पहेँलो तथा निलो रङ्गका रेडबुल १५ थान, चुरोट ७ बट्टा, विभिन्न कम्पनीका मोबाइल ४ थान र फलामको छड १ थान समेत फेला परेको छ  । 

त्यस्तै  पछि निजहरूले चोरी गरेको ग ५ प २७३५ नम्बरको मोटरसाइकल समेत बरामद भएको भएको छ । उनिहरूलाई पक्राउ गरी थप अनुसन्धान प्रक्रिया अगाडी बढाइएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom