Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

नक्क'ली कागजात बनाई जग्गा बिक्री गरेर ठ'गी गर्ने २ लेखनदास प'क्राउ - Brighter Khabar


वैशाख २५, नक्कली कागजात बनाई  जग्गा बिक्री गरेर   ठगी गरेको आरोपमा दुई लेखनदास पक्राउ परेका छन् । 

चन्द्रौटा स्थित  शिवराज नगरपालिका –११ नम्बर वडाको थुनिया बस्ने रामनिवास कुर्मी चौधरी र रामप्रताप यादवलाई नक्कली कागजात बनाई  जग्गा बिक्री गरेर ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

साबिक वीरपुर गाविस –९ मा रहेको मुकेश यादवको नाममा रहेको जग्गाको नक्कली राजिनामा बनाएर बेचेको खबर छ ।

प्रहरीका अनुसार जग्गाधनी यादवक जानकारीविना कृष्णनगर बस्ने रेखा लोहारलाई चार लाख रुपियाँमा जग्गा कारोबार भएको थियो । 

जग्गा पास भएको बताएका उनीहरुले ४ दिन सम्म  जग्गाधनीपूर्जा उपलब्ध गराउने नसकेपछि  लोहारले प्रहरीमा उजुरी गरे सँगै घटना बाहिर आएक हो । 

Top Post Ad

post bottom ads

Ads Bottom