Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

रायमाझी र उनका छोराविरुद्ध पक्राउ पुर्जी जारी - Brighter Khabar


नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उहाँका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले जिल्ला अदालत काठमाडौँबाट आज उहाँहरु विरुद्धको पक्राउ पुर्जी लिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाइएको भन्ने प्रकरणमा उहाँहरु विरुद्ध पक्राउ पुर्जी जारी भएको बताइएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा आज मात्र नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ।

यसै प्रकरणमा पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डाक्टर इन्द्रजित राई पक्राउ परिसकेका छन।

Top Post Ad

post bottom ads

Ads Bottom