छड्के चेकजाँचका क्रममा मालवस्तुको प्रकृति, साइज, गुणस्तर, उत्पादन गरिएको मुलुकको नामलगायत फरक परेपछि भन्सार ऐन र आर्थिक ऐनअनुसार कारबाही गर्न कार्यालयलाई निर्देशन दिएको हो ।
भन्सार कार्यालय रसुवाबाट जारी भएको प्रज्ञापन पत्रनम्बर १८८८९ र १८९१ रहेका बा २ ख १७९३ र ना ६ ख ५३७२ कन्टेनर छानबिन प्रक्रिया अगाडि बढेपछि रसुवागढी हाइड्रोपावर निर्माणका निम्ति तयार गरिएको वैकल्पिक मार्गको प्रयोग गरी पुनः यार्डमा गई ना ६ ख ८५९० नम्बर खाली कन्टेनरमा पल्टी गरिए छानबिनका क्रममा फेला परेको थियो ।
विभागको छड्के जाँच टोलीले रसुवा भन्सार कार्यालयको गेटमा रहेको सवारी साधन इन्ट्री किताब र टिमुरे प्रहरी चौकीको सवारी इन्ट्री खाता मेल नखाएको, भन्सार यार्डको सीसीटिभी फुटेज, प्रज्ञापनपत्रलगायतका निरीक्षण तथा भौतिक रूपमा फेला परेपछि मालवस्तुको निरीक्षणपश्चात कारबाही गर्न निर्देशन दिएको छ । नेपाल समाचारपत्र दैनिकबाट ।