Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

उपभोग्य वस्तुको अन्तराष्ट्रिय मूल्य घट्यो,थोक मूल्य पनि घट्यो तर उपभोक्ताले खुुद्रा मूल्य घटेको महसुुस गर्न पाएनन् - Brighter Khabar

 

जेठ २ गते । दैनिक उपभोग्य वस्तुुको भाउ थोकमा घटेको भनिए पनि खुुद्रा बजारमा उपभोक्ताले भाउ घटेको महसुुस गर्न पाएका छैन । थोक व्यापारीले भने पछिल्लो तीन महिनाको बिचमा खाने तेल, चामल, चिनी, दहलन, आँटा, मैदाको मूल्य १० देखि ४० प्रतिशत घटेको दाबी गरेका छन् । यता खुुद्रा व्यापारीहरू पछिल्लो तीन महिनाको बिचमा चिनी प्रतिकेजी पाँच रुपियाँ, सनफ्लावर र भटमास तेल प्रतिलिटरमा ३० रुपियाँसम्म मात्रै घटेको बताउँदै आएका छन् ।

नेपाल खुुद्रा व्यापार सङ्घका अध्यक्ष पवित्र वज्राचार्यले थोक व्यापारीले भनेजस्तो बजारमा उपभोग्य वस्तुुको भाउ नघटेको दाबी गर्नुुभयो ।  

दैनिक उपभोग्य वस्तुु चामल, दाल, तेल, मैदा र आँटासहितका खाद्यवस्तुको मूल्य थोकमा घटे पनि उपभोक्ता सो मूल्य पाउनबाट वञ्चित भएको हुन सक्ने थोक व्यापारी बताउँछन् । थोक खाद्यवस्तुु व्यापार गर्ने व्यवसायीका अनुसार गत फागुनको तुलनामा धेरै प्रकारका खाद्यान्नको बजार मूल्य थोकमा सस्तो भएको छ ।

नेपाल खुद्रा व्यापार सङ्घको मासिक बजार मूल्य बुलेटिनमा पनि केही मूल्य घटेको देखिन्छ तर किराना पसलले थोकको दाबी अनुसार वस्तुको मूल्य नघटाएको उपभोक्ता अधिकारकर्मी आरोप लगाउँछन् । 

नेपाल खाद्य किराना तथा थोक व्यवसायी सङ्घका अनुसार बजारमा बढी खपत हुने चामल, दाल, सनफ्लावर र सोयाबिनको तेलको भाउ घटेको छ । चामलमा प्रतिबोरा दुई सय रुपियाँ, सनफ्लावर तेल प्रतिलिटर २५० रुपियाँबाट घटेर १८० रुपियाँ, सोयाबिन तेलको मूल्य २४० रुपियाँबाट १४५ रुपियाँ थोकमा कारोबार भएको दाबी गरिएको छ ।  यस्तै मैदा प्रतिकेजी ११५ रुपियाँबाट घटेर प्रतिकेजी ६० रुपियाँमा झरेको खबर गोरखापत्र दैनिकमा  छ । 

त्यसैगरी  मुसुरो दाल, मास दाल, रहर दाल, गेडागुडी प्रतिकेजीमा १० देखि २० रुपियाँसम्म घटेको थोक व्यवसायी सङ्घले जनाएको छ । 

नेपाल खाद्य किराना तथा थोक व्यवसायी सङ्घका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले खाने तेल, चामल, आँटा, मैदा, दलहनलगायतका खाद्यवस्तुको भाउ ४० प्रतिशतसम्मले घटेको दाबी गर्नुुभयो । उहाँले अन्तर्राष्ट्रिय बजार मूल्यमा आएको गिरावट र उत्पादकको मूल्य र लागत घट्नु र बजारको आर्थिक चक्र मिलाउनका लागि पनि होलसेलले मूल्य घटाइरहेको बताउनुुभयो ।

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले थोकमा घटेको खाद्यवस्तुुको भाउ खुुद्रामा किन्ने उपभोक्ताले महसुस गर्न नपाउनुु सरकारका नियमनकारी निकायको निकम्मता भएको बताउनुुभयो । 

Top Post Ad

post bottom ads

Ads Bottom