Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

भारतबाट पेट्रोलमा ९ रुपैयाँ घटेर आए पनि नेपालमा भने पुरानै मूल्य कायम - Brighter Khabar


काठमाडौं, ०३ जेष्ठ  भारतीय आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य सूची अनुसार प्रतिलिटर  पेट्रोलमा  ९ रुपैयाँले घटेर आए पनि नेपाल आयल निगमले पेट्रोलको मूल्य हाललाई नघटाउने जनाएको छ ।

अघिल्लो दिन मात्रै आइ ओ सी बाट डिजेलको मूल्य प्रतिलिटर ८ रुपैयाँ र पेट्रोलको मूल्य ९ रुपैयाँले घटेर आए पनि पेट्रोल र मट्टितेलको मूल्य घटाएको निगमले पेट्रोलको भने यथावत् राखेको हो ।

निगमको नयाँ मूल्य सूची अनुसार अब डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ५५ रुपैयाँ पर्नेछ । यस अघि डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु एक सय ६५ थियो । 

तर मूल्य घट्दा पनि विभिन्न बहानामा निगमले पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ७५, हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर रु एक सय ६०, हवाई इन्धन (बाह्य)को प्रतिलिटर अमेरिकी डलर १.३५० र खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर रु एक हजार आठ सय कायमै राखेको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom