Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरामा मोटरसाइकल दुर्घटनामा परि ज्यान गएपछि, मृतकका आफन्त खोज्दै प्रहरी - Brighter Khabar


पोखरा, कास्कीमा मोटरसाइकल दुर्घटनामा परि ज्यान गुमाएका व्यक्तिको अहिले सम्म पनि सनाखत हुन नसकेको खबर छ  । 

दुर्घटनामा परि घाइते भएपछि उपचारको लागि अस्पताल पुर्‍याइए पनि उपचारको क्रममा ज्यान गएपछि सनाखत खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

हिजो ज्येष्ठ १३ गते मोटरसाइकल दुर्घटनामा परि गम्भीर  घाइते भएका उनलाई  पश्चिमाञ्चल  क्षेत्रीय अस्पताल पोखरामा लागिएको भए पनि  उपचारको क्रममा मृत्यु भएको र हालसम्म पनि निजको सनाखत हुन नसकेको हो ।

प्रहरीका अनुसार उनको  पोखरा महानगरपालिका  वडा नम्बर  २५ हेम्जा स्थित सुन्दर पुरी चोकमा सडक दुर्घटना  भएको हो ।

कोही आफन्त भएमा  १०० मा फोन गरेर  वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिनु हुन अनुरोध गरिएको छ ।

मृत व्यक्तिको हुलिया :-
उमेर : अन्दाजी ३० वर्ष 
वर्ण : गहुँ गोरो, मझौला शरीर भएको । 
चाइ : ५.३ फिट कपालको रङ : कालो 
लगाएको लुगा : GAP लेखिएको कालो हाफ टिसर्ट, कालो जिन्स पाइन्ट 
'विशेष चिन्ह (पहिचान) : बोके दारी पालेको ।

Top Post Ad

post bottom ads

Ads Bottom