Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पत्रकार महासंघ कास्कीमा एआईको प्रयोग विषयक कार्यशाला सम्पन्न - Brighter Khabar


पोखरा । 

नेपाल पत्रकार महासंघ कास्कीले पत्रकारितामा आर्टिफिसियल ईन्टेलीजेन्स (एआई) को प्रयोग विषयक कार्यशाला सम्पन्न गरेको छ । शुक्रबार पोखरामा भएको कार्यक्रममा ६० जना पत्रकारहरुको सहभागितामा कार्यशाला सम्पन्न गरेको हो । 

मर्कन्टाइल र डाटा रिर्सच काउन्सिल फर स्टुडेन्ट -डीआरसीएफएस) र प्रिक्सा टेक्नोलोजीको सहयोगमा उक्त कार्यक्रम गरेको महासंघ कास्कीले जनाएको छ । 

कार्यशालामा 'एआई' लाई पत्रकारितामा कसरी प्रयोग गर्न सकिन्छ ? के फेक भ्वाईस रेकर्ड गर्न सकिन्छ ? फेक भ्वाईस र फ्याक्ट भ्वाईस कसरी छुट्याउने ? एआई ले कसरी समाचार पढ्छ ? खोजपत्रकारितामा एआई का टुल्स कसरी प्रयोग गर्ने ? र डाटा सुरक्षा कसरी गर्ने ? भन्ने  विषयमा डिआरसीएफएसका सह–संस्थापक एवं अध्यक्ष विशाल खराल, मेसिन लर्निङ कन्सल्टेन्ट् अशिम दाहाल र ईन्जिनियर विशाल पाण्डेले सहजीकरण गरेका थिए । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले पछिल्लो समय प्रयोगमा आएको एआईका विषयमा जानकारी गराउने उद्देश्यले कार्यशाला राखिएको जानकारी गराइन् । छोटो समयको कार्यशाला भएता पनि पत्रकारका लागि लाभ मिल्नेमा उनी विश्वस्त छिन् । ‘हाम्रा लागि यो नयाँ विषय होला । जसका विषयमा जानकारी लिनुपर्ने आजको आवश्यकता हो । सोहि बमोजिम एआईका विषयमा जानकारहरु सँगको सहकार्यमा पत्रकार महासंघ कास्कीले उक्त कार्यक्रमको आयोजना गरेको हो ।’, उनले भनिन् । 

भण्डारीले अहिलेको युग डाटाको युग भएकाले डाटा सुरक्षामा समेत ख्याल गर्नुपर्ने आवश्यकतालाई औंल्याएकी छिन् । महासंघले यस्ता कार्यक्रमलाई समयसमयमा गर्दै जाने भनाई उनको छ । 

एआईका विषयमा बुझिएन भने पछि परिने मर्कन्टाइलका निरञ्जन उदासले बताए । बाहिरी मुलुकमा एआईको प्रयोग बढ्दै गएको र यसबाट लाभ समेत लिन थालिएको उनले जानकारी गराए । 

नेपालमा यसको सुरुवात भर्खरै भएता पनि कालान्तरमा यसको प्रयोग अझ बढ्दै जाने भनाई उनको छ । सरकार समेत एआईका विषयमा जानकार हुनुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् । 



Top Post Ad

post bottom ads

Ads Bottom