Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

नेपाली कांग्रेसले बालकृष्ण खाणलाई तत्काल कारबाही नगर्ने - Brighter Khabar


काठमाडौं, २८ वैशाख । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोप लागे पछि पक्राउ परेका नेपाली कांग्रेसकाकेन्द्रीय कार्यसमिति सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पार्टीले कारबाही गर्ने–नगर्ने भन्ने विषयमा प्रहरी अनुसन्धानको परिणाम आएपछि मात्रै निर्णय गर्ने भएको छ । 

सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बुधबार बसेको पदाधिकारी बैठकले तत्काल कुनै कारबाही नगर्ने निर्णय गरेको हो । 

''अनुसन्धान सकिएपछि त्यसैका आधारमा निर्णय हुन्छ'', कांग्रेसका एक नेताले भने । 

अनुसन्धानको परिणाम नआउँदासम्म नेता खाण आरोपित मात्रै भएकाले कारबाहीबारे कुनै निर्णय नभएको कांग्रेसको दाबि छ  । 

अनुसन्धानका क्रममा प्रहरीले फेला पारेको एक अडियो वार्तामा पीडितले खाणको घरमा पुगेर छ करोड रुपियाँ खाणपत्नी मञ्जुलाई बुझाएको बताएका छन् । 

प्रहरी हिरासतमा रहेका पूर्वगृहसचिव टेकनारायण पाण्डेले खाण र केसीले रकम लिएको भन्ने बयान दिएपछि प्रहरीले लेनदेनका अन्य प्रमाण फेला पारेको जनाएको छ । 

सोही प्रकरणमा जोडिएर फरार रहेका पूर्वउपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी एमालेका सचिव टोपबहादुर रायमाझीलाई एमालेले बुधबार नै  निलम्बन गरिसकेको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom