रोहिणी गाउँपालिका–२ बस्ने २६ वर्षीय रविकुमार यादव मृत भेटिएका हुन् रहेका छन् । यादवको शव हात बाँधिएको र शरीरमा चोटपटक लागेको अवस्थामा भेटिएको हो ।
एक जना स्थानीयको घरमा पसेपछि भारतीयले यादवको हात बाँधेर कुटपिट गरेको बुझिएको रोहिणी गाउँपालिका–७ का स्थानीयले बताएका छन् ।
मृतकको मानसिक अवस्था ठीक छैन भन्दाभन्दै पनि उनीहरूले कुट्न नछाडेको स्थानीयको भनाई छ।
मृतक यादवको शव भारतीय प्रहरीले परीक्षण गरेको छ ।
रुपन्देही प्रहरी प्रमुख भरतबहादुर विश्वकर्माले घटना जानकारीमा आएको र यसबारे थप अनुसन्धान भइरहेको बताउनुभयो ।