Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सामाजिक सञ्जा'ल मार्फत अ'श्ली'ल ह'र्क'त गरेको आ'रो'प'मा पोखरा पुरनचौरका २१ वर्षीय युवक प'क्रा'उ - Brighter Khabar


पोखरा, १० जेठ ।  सामाजिक सञ्जाल मार्फत नाबालिकालाई शोषण , दुर्व्यवहार र अश्लील हर्कत गरेको आरोपमा पोखरा पुरनचौरका २१ वर्षीय युवक पक्राउ परेका छन् । 

पोखरा  महानगरपालिका  वडा नम्बर १९ स्थित  पुरनचौरका २१ वर्षीय मनिष भुजेललाई अनलाइनबाट नाबालिकालाई शोषण र दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

फकाई फुल्याई  विभिन्न प्रलोभनमा पारी विभिन्न सामाजिक सञ्जालमार्फत अश्लील कुराकानी तथा भिडियो च्याट मार्फत अवाञ्छित क्रियाकलाप गर्न लगाउने र आफुले भनेअनुसार नमानेपछि पिडित बालिका र उनकी आमालाई धम्कीपूर्ण म्यासेज पठाएर  अनर्गल कुराकानी गरको आरोपमा प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले भुजेललाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा भुजेललाई  पोखराबाट पक्राउ गरी जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नाबालिकालाई अनावश्यक मानसिक तनाव र  हैरानी दिने भुजेलमाथि थप अनुसन्धान भईरहेको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom