Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्थानीय तहका मेयर, अध्यक्ष र अन्य कर्मचारीलाई विदेश भ्रमणमा रोक - Brighter Khabar


सङ्घीय  मामिला  तथा  सामान्य  प्रशासन  मन्त्रालयले  स्थानीय  तहका  पदाधिकारी र कर्मचारीलाई अत्यावश्यकबाहेकको अवस्थामा विदेश भ्रमण नगर्न आग्रह गरेको छ । 

देशको  आर्थिक  संवेदनशीललाई  ध्यानमा  राख्दै  अहिले  तीनै तहका सरकारको बजेट निर्माणको प्रक्रिया चलिरहेकाले औचित्य पुष्टि हुने अवस्था नभई विदेश भ्रमण नगर्न ७५३ स्थानीय तह र ७७ वटै जिल्ला समन्वय समितिलाई आइतबार परिपत्र गरेको हो । 

गएको फागुन ३० गते बसेको मन्त्रीपरिषद्को बैठकले अत्यावश्यक अवस्थाबाहेक अन्य अवस्थामा विदेश भ्रमण नगर्न सबै स्थानीय तहलाई निर्देशन दिएको थियो । 

मन्त्रालयले स्थानीय तहलाई गरेको परिपत्रमा कतिपय भ्रमण तथा कार्यक्रमको आधिकारिता पुस्ट्याइँ हुन नसकेको कारण आफूखुसी विदेश भ्रमण नगर्न उल्लेख गरिएको छ  ।

Top Post Ad

post bottom ads

Ads Bottom