Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

काठमाडौँ जाँदै गरेको बसमा एक्कासि आ'गो लागेपछि - Brighter Khabar


 धादिङको खानी खोलाबाट काठमाडौँ जाँदै गरेको  ग १ ख ४८४६ नम्बरको बसमा एक्कासि आगलागी भएको छ  ।

शनिवार बिहान साढे ११ बजेतिर सडकमा  गुडिरहेको बसमा एक्कासि आगलागी भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ   । करिब २५ जना सवार रहेको बसमा आगलागी भए पनि कुनै पनि  मानवीय क्षति भने नभएको खबर छ ।

प्रहरीका अनुसार वाइरिङ सर्ट भएर आगलागी भएको भएको अनुमान गरिएको छ । 

बसमा एक्कासि धुँवा देखिएपछि चालकले बसलाई रोकेर यात्रुलाई झारेका थिए ।  बस भने पूर्णरुपमा क्षति हुन पुगेको प्रहरीको भनाइ छ । 

 दमकल र प्रहरीको सहायतामा आगो नियन्त्रणमा लिइएको थियो ।

Top Post Ad

post bottom ads

Ads Bottom