Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

प्रधानमन्त्री प्रचण्डलाई भारत सरकारका विदेश राज्यमन्त्रीद्वारा स्वागत - Brighter Khabar

 

जेठ १७ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने औपचारिक भारत भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली पुग्नुभएको छ। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नम्बर आरए २१७ बाट उहाँ बुधबार दिउँसो दिल्ली पुग्नुभएको हो। 

दिल्लीमा प्रधानमन्त्रीको स्वागतका लागि सांस्कृतिक कार्यक्रमसमेत गरिएको छ। विमास्थलमा प्रधानमन्त्री प्रचण्डलाई भारत सरकारका विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गर्नुभएको हो। 

प्रधानमन्त्रीको स्वागतका लागि राज्यमन्त्री लेखीसहित विदेश मन्त्रालयका अधिकारीको उपस्थिति थियो। 

Top Post Ad

post bottom ads

Ads Bottom