Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

शरणार्थी ठगी प्रकरण; राज्यविरुद्धको कसुर, ठगी र सङ्गठित अपराध गरेको प्रहरीको दाबी - Brighter Khabar

प्रहरीले सरकारी वकिल कार्यालयमा बुझायो नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन । तस्बिर : गोरखापत्र


काठमाडौं, जेठ ८ गते ।  प्रहरीले नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा संलग्न रहेकाहरूलाई राज्यविरुद्धको कसुर, ठगी र सङ्गठित अपराधको प्रस्तावसहित  प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ ।

सोमबार बुझाइएको प्रतिवेदनमा १६ जना पक्राउ परेका र १४ जना फरार रहेका अभियुक्तहरूको नाम संलग्न रहेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न १४ जना फरार रहेको जानकारी दिनुभयो ।

प्रहरीले पूर्व उपप्रधानमन्त्री, पूर्वमन्त्रीदेखि सुरक्षा सल्लाहकारसम्म गरी १६ जनालाई पक्राउ गरी अनुसन्धानपछि यो प्रतिवेदन तयार पारेको हो । प्रतिवेदनमा थप अनुसन्धान गर्नका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुसन्धानका लागि सिफारिस गरिएको छ ।

अपराध संहिता २०७४ दफा ५१ मा राष्ट्रहित प्रतिकूल काम गर्न नहुने उल्लेख छ । साथै कसैले राष्ट्रहित प्रतिकूल हुने कुनै काम गर्नु वा गराउनु हुँदैन स्पष्ट व्यवस्था गरिएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom