![]() |
सांकेतिक तस्विर |
ग १ क ५८०५ नम्बर प्लेटको क्रेनले ठक्कर दिँदा ३८ वर्षीय धना अधिकारीको ज्यान गएको हो । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ७ कि अधिकारीले बाटो क्रस गर्ने क्रममा उक्त क्रेनले ठक्कर दिएको थियो ।
क्रेनको ठक्करबाट बिहीबार दिउसो ३ बजे घाइते भएकी उनलाई पोखरा स्थित गण्डकी मेडिकल कलेज लगिएको भए पनि ठक्करबाट गम्भीर घाइते भएकी अधिकारीलाई शुक्रवार अस्पतालले मृत घोषणा गरेको थियो ।
वडा प्रहरी कार्यालय बैदामका अनुसार महिलालाई ठक्कर दिने उक्त क्रेन चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ ।