Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरामा लागू औषध सहित एक युवक पक्राउ - Brighter Khabar

 


पोखरा , २० वैशाख । कास्कीमा लागू औषध सहित एक जना पक्राउ परेका छन् ।

 जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले पोखरा महानगरपालिका वडा नं.८ मिलन पथ बस्ने वर्ष २५ को मिलन गुरुङलाई  लागू औषध सहित पक्राउ गरेको हो । 

गुरुङको डेरा कोठाबाट लागू औषध डाईजापाम ९० एम्पुल, फेनारगन ९० एम्पुल र नुर्फिन ९० एम्पुल गरी जम्मा २७० एम्पुल लागू औषध र मोबाइल १ थान बरामद भएको प्रहरीले जनाएको छ ।

गोरखा चुमनुवी गा.पा. वडा नं. ८ स्थायी घर भई हाल पोखरा बस्दै आएका गुरुङलाई पक्राउ गरी लागू औषध सम्बन्धी मुद्दामा थप अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ  ।

Top Post Ad

post bottom ads

Ads Bottom