Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

शनिवार साथीहरूसँग झर्नामा पौडी खेल्न गएका भण्डारी कहिल्यै नफर्कने गरी अस्ताए - Brighter Khabar


जेठ १३ गते । झापाको धार्मिक पर्यटकीय क्षेत्र सताक्षीधामको झर्नामा पौडी खेल्ने क्रममा डुबेर निश्चय भण्डारीको मृत्यु भएको छ । 

कमल गाउँपालिका वडा नम्बर  ५ स्थित  माथिल्लो झरनाको दहमा पौडी खेल्ने क्रममा करिब १२ बजेतिर  शनिवार दिउँसो भण्डारीको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार  कमल गाउँपालिका –५ का १९ वर्षीय भण्डारीको पौडी खेल्नेक्रममा  डुबेका थिए  ।   झर्नामा डुबेका उनको  घटनास्थलमै मृत्यु भएको हो । 

शनिवार भण्डारी आफ्ना साथीहरूसँग सताक्षीधाम क्षेत्रमा घुम्न गएका  थिए । 

धामबाट करिब १ किलोमिटरको दूरीमा रहेको इलामको माई नगरपालिका –८ को माथिल्लो झरनामा उनी पौडी खेल्न दहमा गएको र सोही क्रममा उनी डुबेको खबर छ । 

Top Post Ad

post bottom ads

Ads Bottom