Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

झापामा भएको झड'पमा १० प्रहरी र १२ आ'न्दोल'नकारी घा'इते - Brighter Khabar


कोसी प्रदेश नामकरणको विषयमा असन्तुष्टि जनाउँदै मङ्गलवार साँझ झापाको दमकमा निस्केको राँके जुलुसको क्रममा भएको झडपमा परेर प्रहरी नायव उपरीक्षक मनोजकुमार लामा सहित २२ जना घाइते भएको खबर छ । 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार १० प्रहरी र आन्दोलनरत पक्षका अनुसार  १२ आन्दोलनकारी घाइते भएका हुन्  । 

करिब ३ सय मिटर टाडादेखि राँको बालेर आएका आन्दोलनकारीहरूलाई दमकको मुख्य गणतन्त्र चोकमा प्रहरीले रोकेर राँको निभाउन खोजेपछि दुई पक्षबिच झडप सुरु भएको थियो । 

आन्दोलनकारीहरूले प्रहरीमाथि आक्रमण गरेपछि भिडलाई तितरबितर गर्न र सार्वजनिक सम्पत्तिको सुरक्षाका लागि १९ सेल अश्रुग्याँस, पाँच राउन्ड ब्ल्याक फायर र एक राउन्ड हवाई फायर गरेको प्रहरीको भनाई छ । 

आन्दोलनमा उत्रिएका आफ्ना १२  जना घाइते भएको लिम्बुवान भोलेन्टियरका केन्द्रीय कमाण्डर थाङसाङ लावतीले बताएका छन्  । 

घटनापछि दमकको सुरक्षा व्यवस्था थप कडा पारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । साँझदेखि सुरु भएको झडप बेलुका अबेर मात्र रोकिएको थियो । 

Top Post Ad

post bottom ads

Ads Bottom