Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

उग्रतारा माविमाका लेखेटिएका प्रधानाध्यापक विद्यालय फर्किए - Brighter Khabar


डडेल्धुरा । अभिभावक र विद्यार्थीको आन्दोलनपछि राजिनामा गरी विद्यालयबाट बाहिरिएका प्रधानाध्यापकलाई अदालतको अन्तरिम आदेश पछी विद्यालयमा फर्काईदिएपछि विद्यार्थी संख्या घटेको छ । जिल्ला सदरमुकामको अमरगढी नगरपालिका–७ पोखराको उग्रतारा माविमा प्रधानाध्यापकले लापर्वाही गरेको भन्दै अभिभावक र विद्यार्थीको आन्दोलन चर्किएको थियो ।

गत साउन १ गते २०७९ मा प्रधानाध्यापक हटाउनु पर्ने माग राख्नै अभिभावक विद्यार्थीहरुले आन्दोलन गरेका थिए । आन्दोलनका क्रममा प्रहरी संग झडक हुदा केही प्रहरी, अभिभावक र विद्यार्थी समेत घाईते भएका थिए । विद्यालयकै एक शिक्षका संग नाम जोडिएको र प्रधानाध्यापक चन्द्र बहादुर साहुले विद्यार्थीहरु संग राम्रो व्यवहार नगर्ने, अध्यापन र व्यवस्थापन तर्फ लापर्वाही गरेको भन्दै उनको राजिनामा माग गरिएको थियो ।

दिनभरको आन्दोलन पछि विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापक साहुको राजिनामा गर्ने निर्णय गरेको थियो । अमरगढी नगरपालिकाको शिक्षा समितिले पनि उनको राजिनामा गर्ने निर्णय गरेका विद्यालय व्यवस्थापन समिति अध्यक्ष खडक बोहराले जानकारी दिए । साहुले उच्च अदालत महेन्द्र नगरमा मुद्दा दिए पछि अदालतले अन्तरिम आदेश जारी गर्दै विद्यालय व्यवस्थापन समिति र शिक्षा समितिको निर्णय लागु नगर्दा आदेश दिएको छ ।

आदालतको ओदश पछि साहुले वैशाख ५ गते देखि साहु विद्यालयमा फर्किएका छन । उनि विद्यालयमा फर्किए संगै विद्यालयमा विद्यार्थीको संख्या घटेको छ । गत वर्ष ४१५ विद्यार्थी रहेको उग्रतारा माविमा नयाँ शैक्षिक शत्रमा भने ३८० विद्यार्थी मात्रै पुगेको निमित्त प्रधानाध्यापक रामदत्त जोशीले बताए । उग्रतारा मावि गत वर्ष नमुना विद्यालयमा छनौट भएको थियो ।

नमुना छनौट भए संगै विद्यालयमा भौतिक पूवाधारका संरचना निर्माण भईरहेको छन । तर विद्यालयमा प्रधानाध्यापकको विवाद किनारा नलाग्दा विद्यार्थी संख्या घट्दै गएको अध्यक्ष बोहराले बताए । भौतिक संरचना निर्माण भईरहे पनि विद्यार्थी संख्या घट्दै जादा स्थानीय सबैमा निरासा छाएको उनको भनाई छ । भौतिक पूर्वाधार निर्माण संगै शैक्षिक गुण्स्तर माथि उकास्न व्यवस्थापन तर्फ सबैको ध्यान जान जरुरी रहेको उनले बताए ।

विद्यार्थी अभिभावकले नरुचाएका प्रधानाध्यापक अदालतको आदेश पछि विद्यालयमा फर्किए पछि विद्यार्थी संख्या घटेको अभिभावकहरुको भनाई छ । यदी साुह विद्यालयमा फर्किए अधिकांस विद्यार्थी अझै अन्य विद्यालय जाने देखिएको स्थानीय यज्ञ भण्डारीले बताए । अदालतको अन्तरिम आदेशले उनि विद्यालयमा फर्किए पछि मैले मेरा दुई नाती सात किलोमिटर टाढाको विद्यालयमा भर्ना गरे, उनले भने, साहुले विद्यालयको नेतृत्व सम्हाले पछि शिक्षाको गुणस्तर खस्कुनका साथै विभिन्न विवादहरु उब्जिएका छन । विद्यार्थी, अभिभावक संग राम्रो व्यवहार नगर्ने, आफ्नो बिषय अध्यापन नगराउने, भौतिक पूर्वाधार विकासमा कमिसन खोज्ने गरेका कारण विद्यार्थी अभिभावक रुष्ट छन् ।

आन्दोलन गरी विद्यालयबाट लेखेटिएका प्रधानाध्यापक फेरी विद्यालयमा फर्किए पछि विद्यार्थी र अभिभावक निरासभएको उनको भनाई छ । विद्यार्थी अभिभावकको मर्म बुझी अदालतले आम नागरिकका पक्षमा कानुनी फैसला गर्नेमा विश्वस्त रहेको उहाँले विश्वास व्यक्त गरे ।

उच्च अदालत महेन्द्रनगरका सुचना अधिकारी राजेन्द्र बहादुर चन्दका अनुसार यस मुद्दामा जेठ १० गते पेशी छ । पेशीका दिन बहस भई फैसला हुन सक्ने उनले जानकारी दिए । आजको राजधानी दैनिक बाट ।

Top Post Ad

post bottom ads

Ads Bottom