Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

मासिक चार लाख तलबको जागीर लगाई दिन्छु भन्दै साढे तीन करोड ठगी गर्ने गिरोहका बास्तोला पक्राउ - Brighter Khabar


काठमाडौं- विदेश गएर ठूलो रकम कमाउने लोभमा फस्दा एक सय एकजना ठगिएको फेला परेको छ ।  पीडितहरु साढे तीन करोड बढी रकम ठगिएपछि प्रहरीकामा आएका छन् ।

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार  भक्तपुरको चाँगुनारायण नगरपालिका–६ नगरकोट बस्ने ६८ वर्षीय सीताराम बास्तोला लगातयको समूहको मिलेमतोमा अमेरिका, जर्मनी, बेलायत तथा जापान पठाउने भन्दै यसरी ठगी गरेका भेटिएको छ ।

वैदेशिक रोजगार विभागको अनुरोधमा फरार भएकामध्य भक्तपुरका सीताराम बास्तोलालाई आज पक्राउ गरिएको प्रहरीले जनाएको छ  ।  पक्राउ परेका बास्तोलालाई थप कारबाहीका लागि वैदेशिक रोजगार विभागमा बुझाइएको छ ।

ठगी गर्ने समूहले मासिक चार लाख बढी तलब हुने भनी विश्वास दिलाई प्रतिव्यक्ति रु ३० लाख खर्च लाग्ने र सम्बन्धित देशहरूमा पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने लोभ देखाएर ठगी गरेका भेटिएको खबर छ  ।

गिरोहले पीडितहरुबाट पटकपटक गरी जम्मा रु तीन करोड ५६ लाख आठ हजार लिएर फरार भएका थिए ।


Top Post Ad

post bottom ads

Ads Bottom