Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

कक्षा १२ मा सबै विषयमा ग्रेड वृद्धिको परीक्षा दिन पाइने - Brighter Khabar


पोखरा, २२ वैशाख  ।  कक्षा १२ को परीक्षामा ‘नन ग्रेडेड’ प्राप्त गरेका विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाइने भएको  छ । 

राष्ट्रिय परीक्षा बोर्डको प्रस्तावमा बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीस्तरीयबाट लेटर ग्रेडिङ निर्देशिका, २०७८ लाई संशोधन गर्ने निर्णय भएको हो ।

यसअघि बढीमा दुई विषयमा ‘नन ग्रेडेड’ प्राप्त गर्नेले मात्र ग्रेड वृद्धिको परीक्षामा सहभागी हुन पाउने व्यवस्था भए पनि अबदेखि दुई विषयभन्दा बढी जतिसुकै विषयमा ‘नन ग्रेडेड’ प्राप्त   त्यस्तो ग्रेड प्राप्त गरेका छन्, ती सबै विषयमा ग्रेड वृद्धिको परीक्षामा सम्मिलित हुन पाउने छन् ।

बोर्डका अनुसार  ३५ प्रतिशतभन्दा कम प्राप्त गर्नेले ‘नन ग्रेडेड’मा वर्गीकृत हुने व्यवस्था छ ।  

गत वर्ष यस्तो सुविधा पाउनेमा ५६ हजार परीक्षार्थी थिए । 

Top Post Ad

post bottom ads

Ads Bottom