Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

चौधरीको आममाफी विरुद्धमा परेको रिटको आज सुनुवाइ हुँदै - Brighter Khabar


जेठ १७ गते । टिकापुर प्रकरणमा अदालतबाट दोषी ठहर भई सजाय काटिरहेका रेशम चौधरीको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आम माफी पाएको विरुद्धमा परेको रिटको सुनुवाइ हुँदैछ । 

आज (बुधबार) सर्वोच्च अदालतले चौधरीको आममाफी विरुद्धमा परेको रिटको सुनुवाइ गर्न लागेको हो ।

शारदा बोहरा कडायतले आइतबार दर्ता गराएको रिट निवेदन सुनुवाइ गर्न आजका लागि अदालतले पेसी तोकेको हो । 

शारदा सो घटनामा परी मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी हुन् । 

हत्याकाण्डका मुख्य योजनाकारका रूपमा रेशमविरुद्ध कैलाली जिल्ला, दिपायल उच्च अदालतले गरेको जन्मकैदको फैसलालाई सर्वोच्च अदालतले गत जेठ २ गते मात्रै सदर गरेको थियो ।

तर गणतन्त्र दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि चौधरी यही जेठ १५ गते डिल्लीबजार कारागारबाट रिहा हुनुभएको थियो ।

Top Post Ad

post bottom ads

Ads Bottom