Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

नक्कली शरणार्थी प्रकरण : भुटानी नेता टेकनाथ रिजाल पनि पक्राउ - Brighter Khabar


काठमाडौं- नक्कली भुटानी प्रकरणमा आर्थिक लेनदेनमा नेता रिजालको संलग्नता देखिएपछी भुटानी नेता टेकनाथ रिजाल पक्राउ परेका छन् ।

शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा भुटानी शरणार्थीको रूपमा नेपालमा रहँदै आएका टेकनाथ रिजाललाई प्रहरीले पक्राउ गरेको हो । 

नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने कार्यमा नेता रिजालको पनि संलग्नता भएको आशङ्कामा प्रहरीले पक्राउ गरेको हो । 

उनलाई झापाबाट पक्राउ गरेर काठमाडौं जिल्ला प्रहरी परिसरमा सोधपुछपछि म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको थियो । 

 जिल्ला अदालतले अनुसन्धानका लागि थप दुई दिनको समय थप गरेको खबर छ । 

Top Post Ad

post bottom ads

Ads Bottom