Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

जन्ती लिएर हिँडेको बस दुर्घटना हुँदा ३० जना घाइते - Brighter Khabar


वैशाख २९, सिन्धुपाल्चोक स्थित  चौतारा साँगा चोक गढी नगरपालिका–७ झ्याडीमा जन्ती लिएर हिँडेको बस दुर्घटना हुँदा ३० जना घाइते भएको खबर छ  । 

जलबिरे खमारेबाट जन्ती लिएर इन्द्रावती गाउँपालिका जाँदै गरेको हेलम्बु यातायातको बा २ ख ८४२२ नम्बरको गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ ।

इन्द्रावती–१० पाटीगाउँतर्फ हिँडेको गाडी चौतारा साँगा चोक गढी नगरपालिका–७ झ्याडीमा ब्रेक फेल हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी र एम्बुलेन्स पुगेर उद्धार गरिएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार  घाइतेको चौतारा अस्पतालमा उपचार भईरहेको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom