Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

मलामी आएका एक व्यक्तिको मोटरसाइकलको ठक्करबाट मृत्यु, बाइक चालक फरार - Brighter Khabar

सांकेतिक तस्विर 

मलामी आएका एक व्यक्तिको बाटो पार गर्ने क्रममा मोटरसाइकलको ठक्करबाट मृत्यु भएपछि अरनिको राजमार्ग अवरुद्ध भएको छ ।

काभ्रेपलान्चोकको बनेपा नगरपालिका–१३ भैसेपाटीमा मलामी आएका एक व्यक्तिको बाटो पार गर्ने क्रममा मोटरसाइकलको ठक्करबाट मृत्यु भएपछि अरनिको राजमार्ग अन्तर्गतको साँगा–बनेपा सडक खण्ड अवरुद्ध भएको हो ।  प्रहरीका अनुसार ठक्कर दिने बाइक चालक फरार रहेका छन् । 

मङ्गलबार बिहान करिब साढे दुई बजेको समयमा बा ६३ प २७२ नम्बरको मोटरसाइकलको ठक्करबाट स्थानीय अन्दाजी ६२ वर्षीय बालकृष्ण बुढाथोकीको मृत्यु भएको इलाका प्रहरी कार्यालयले बनेपाले जनाएको छ । 

मृतक बुढाथोकीका आफन्त तथा छिमेकीले बाइक चालकको पहिचान हुनुपर्ने माग राख्दै अरनिको राजमार्ग अन्तर्गतको साँगा–बनेपा सडक खण्ड अवरुद्ध गरेका हुन् । 

प्रहरीले बाइक चालकको खोजी कार्य भइरहेको जनाएको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom