Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

एकै रातामा चार वटा सटर फोडी चोरी गर्ने एकजना पक्राउ - Brighter Khabar


झापा शिवसताक्षी नगरपालिका–६ शिवगञ्ज बजारमा  जेठ ३ गते  एकै रातामा  लगातार श्रृङ्खलाबद्ध रूपमा चार वटा सटर फोडी चोरी भएको छ ।

इलाका प्रहरी कार्यालय शिवगञ्जमा जानकारी प्राप्त विवरण  अनुसार प्रहरीले अनुसन्धान गर्ने क्रममा चोरीमा संलग्न सोही नगरपालिका–५ आमबाडी बस्ने ५६ वर्षीय सविलाल खवासलाई नियन्त्रणमा लिएको जनाएको ।

प्रहरीले  चोरीका सामान, नगद र चोरी भएको अवस्थामा प्रयोग भएका फलामको रड, झोला र चोरी गर्दा प्रयोग भएको कपडासहित खवासलाई घरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका खवासलाई झापा जिल्ला अदालतबाट चोरी मुद्दामा सात दिन म्याद थप गरी इलाका प्रहरी कार्यालय झिलझिलेमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom