Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

जीपले स्कुटरलाई ठक्कर दिँदा घाइते भएकी लम्सालको उपचारको क्रममा ज्यान गयो -Brighter Khabar


जीपले स्कुटरलाई ठक्कर दिँदा त्यसमा सवार एक महिलाको मृत्यु भएको छ । 

मृत्युहुनेमा दाङ तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाका ३७ वर्षीया शिक्षिका सीता लम्साल रहेको प्रहरीले जनाएको छ ।

आज पश्चिम हापुरेबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ज ९२३ नं को जीपले सोही दिशातर्फ गइरहेको रा ७ प ४२३७ नं को स्कुटरलाई दङ्गीशरण गाउँपालिका–५ कमलगढीमा ठक्कर दिएको हो । विद्यालयमा जाने जाने क्रममा जीपले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

जीपको ठक्करबाट सख्त घाइते हुनुभएकी सीताको तुलसीपुरकै राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको उहाँले बताउनुभयो ।

सीता शान्तिनगरस्थित धनौरी माविमा अध्यापन गर्ने शिक्षिका हुन्  ।  

Top Post Ad

post bottom ads

Ads Bottom