Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

आज बिहानै बझाङ केन्द्रविन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प - Brighter Khabar


बझाङ, १० जेठ । आज बिहानै  बिहान ४ बजेर ६ मिनेट जाँदा बझाङको  दौलीचौर आसपास केन्द्रविन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको छ ।  

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यस अघि अस्ति ८ गते बाजुरामा केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो  ।  पश्चिमी क्षेत्रमा केही समय यता लगातारजसो भूकम्प गइरहेको छ । 

बाजुरा नै केन्द्र विन्दु भएर गएको वैशाख २८ गते ४ दशमलव ३, २१ गते ४ दशमलव १, १५ गते ५ दशमलव ९, १४ गते ४ दशमलव ९  र १० गते ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो ।

आजको भूकम्प  बझाङसहित आसपासका जिल्लामा पनि महसुस गरिएको थियो । 

Top Post Ad

post bottom ads

Ads Bottom