Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

वन्यजन्तु चोरीशिकार गर्ने दुई युवा भरुवा बन्दुक सहित पक्राउ -Brighter Khabar

 

वन्यजन्तु चोरीशिकार गर्न लागेको भन्ने सूचनाको आधारमा चितवन राष्ट्रिय निकुञ्जले दुई चेपाङ युवालाई पक्राउ गरेको छ । 

निकुञ्जका सूचना अधिकारी गणशे तिवारीले जारी गरेको विज्ञप्ति अनुसार निकुञ्जले कालिका नगरपालिका–११ सैपाङ बस्ने २९ वर्षीय राज चेपाङ र सोही ठाउँका ३५ वर्षीय सुन्दर चेपाङलाई नियन्त्रणमा लिएको हो ।

वन्यजन्तु चोरीशिकार गर्न लागेको भन्ने सूचनाको आधारमा निकुञ्ज सुरक्षार्थ तैनाथ खड्क दल गणबाट खटिएको संयुक्त अप्रेशन टोलीले राजलाई सौराहाबाट जेठ १३ गते र सुन्दरलाई आफ्नै घरमा बसिरहेको अवस्थामा जेठ १४ गते नियन्त्रणमा लिएको निकुञ्जले जनाएको छ ।

उनीहरुबाट दुई थान भरुवा बन्दुक पनि निकुञ्जले बरामद गरेको छ । 

पक्राउ परेको बन्दुक जिल्ला प्रहरी कार्यालयलाई बुझाएर उनीहरुमाथि वन्यजन्तुको कसुरसम्बन्धी अनुसन्धान भइरहेको निकुञ्जले विज्ञप्तिमा उल्लेख गरेको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom