Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

न'क्कली शरणार्थी प्रकरण : अझै पनि ११ जना हाइप्रोफाईल प'क्राउ पर्न सक्ने - Brighter Khabar


नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने लोभमा करोडौँ रकम ठगीमा संलग्न रहेको आरोपमा अझै  उच्च पदस्त व्यक्तिहरू  पक्राउ पर्ने बुझिएको छ  । 

पदमा पुगेका उच्च पदस्त व्यक्तिहरू कै संलग्नतामा त्यस्तो किसिमको ठगि धन्दा भएको पाइएपछि प्रहरीले शंकाको घेरामा रहेका सबैलाई अनुसन्धानका लागि तानेको छ ।  दुई  महिनाको समय पाएर अनुसनधानमा लागिरहेको जिल्ला प्रहरी परिसर काठमाण्डौलाई अनुसनधानको काम सक्न अब १८ दिनको समय मात्र बाँकी रहँदा अझै पनि ११ जना जति  हाइप्रोफाईल पक्राउ पर्न सक्ने प्रहरीको भनाई छ ।

पूर्वमन्त्री समेत  रहेका  टोपबहादुर रायमाझीलाई नक्कली भूटानी शरर्णार्थी बनाएर अमेरिका पठाउने  प्रकरणमा  बुधबार पक्राउ पुर्जी जारी भएको थियो  । रायमाझी र उनका  छोरालाई पक्राउ पुर्जी जारी भएकोमा उनका  छोरा पक्राउ परिसकेका छन् भने रायमाझी सम्पर्कविहिन रहेको खबर छ । 

एमाले सचिव समेत रहेका रायमाझी सम्पर्कविहीन भएपछी एमाले अध्यक्ष केपी शर्मा ‌ओलीले दोषीले उन्मुक्ति पाउन नहुने तर निर्दोष फँस्न नहुने बताएका छन्  ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नक्कली शरणार्थी प्रकरणमा जोडिएका कोही कसैले पनि उन्मुक्ति नपाउने बताइरहेपनि रायमाझीको अहिलेसम्म कुनै अत्तोपत्तो लाग्न सकेको छैन । नक्कली शरणार्थी बनाउने र गैरकानुनी रुपमा आर्थिक चलखेल गर्नेलाई कानुनी दायरामा ल्याउन सरकारले अधिकतम प्रयास गरेको प्रधानमन्त्री प्रचण्डको भनाई छ  । गत चैत १२ गते पक्राउ परेका सानु भण्डारीको डायरीमा भेटिएको प्रमाण र उनको बयानका आधारमा रायमाझीलाई पक्राउ पुर्जी जारी भएको हो ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रलोभनसहित युवाबाट रकम असुल्ने गिरोहका नाइकेहरू केशव दुलाल, सन्देश शर्मा, सानु भण्डारी, सागर थुलुङ राई र टंक गुरुङ सँगै  पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहाकार इन्द्रजित राई पक्राउ परिसकेका छन् । 

यता प्रहरीले घटनामा संलग्न रहेको आरोपमा उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डेसहित ८ जनालाई अनुसन्धानका लागि हिरासतमा राखिसकेको छ। प्रहरी हिरासतमा रहेका नेपाल सरकारका सचिव समेत रहेका पाण्डेले पूर्वगृहमन्त्री बालकृष्ण खाँणको समेत नाम लिएको स्रोतले जनाएको छ ।

विभिन्न जिल्लाका नागरिकबाट पैसा असुल गरेको आरोप सहित  अहिलेसम्म १ सय छ जनाले प्रहरीमा  २० वटा उजुरी दिएका छन् । योभन्दा धेरै सङ्ख्यामा पीडित भएको अनुमान प्रहरीले गरेको छ  ।

शरणार्थी फारम भर्नेहरूबाट उनीहरूले  रु १५ देखि २० लाख असुलेका बुझिएको छ ।  जाहेरीमा उल्लेख भएअनुसार पिडितहरुलाई विभिन्न समय र  स्थानमा फरक फरक वाहानामा बोलाउने गरेका थिए   ।

Top Post Ad

post bottom ads

Ads Bottom