Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

नेपाली काँग्रेस , नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरु सिंहदरबारमा - Brighter Khabar


काठमाडौं, जेठ १३ गते । नेपाली काँग्रेस , नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान भएको छलफल भएको छ । 

छलफलमा  अवरुद्ध  सदनको कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा कुराकानी भएको प्रधानमन्त्री कार्यलयले जनाएको  छ  । 

छलफलमा प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा [एमाले]का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेकपा माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र एमालेका प्रमुख सचेतक पदम गिरी सहभागी छन् । 

सत्तापक्ष र प्रतिपक्षबीच असमझदारी हुँदा संसद् बैठक प्रभावित भएको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom