Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

एउटै विद्यालयका ३० जना विद्यार्थी बेहोस भएपछी , ४ दिनका लागि विद्यालय बन्द - Brighter Khabar

सांकेतिक तस्विर 


कालीकोट  जेठ ८ गते । कालीकोट जिल्लाको महाबै गाउँपालिका वडा नं ४ पादमघाटस्थित तिला माविका ३० जना विद्यार्थी बेहोस भएका छन् । विद्यार्थी बेहोस भएपछि चार दिनका लागि विद्यालय बन्द गरिएको छ ।

कक्षा कोठामै विद्यार्थी बेहोस भएपछि पठनपाठन गराउन समस्या भएकाले बन्द गरिएको विद्यालय प्रशासनले जनाएको छ ।

विद्यालयका प्रधानाध्यापक दिनेशबहादुर शाहीले सोमबार दिउँसो कक्षामा शिक्षकले पढाइरहेका बेला विद्यार्थी बेहोस भएर ढलेकोलाई उपचार गरिए पनि निको नभएपछि आज मंगलबारबाट विद्यालय बन्द गरेको जानकारी दिनुभयो । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करन सिंहले स्वास्थ्यकर्मीको सल्लाहमा केही दिन विद्यालय बन्द गर्नु भनेपछि थप जोखिम नहोस् भनेर बन्द गरिएको बताउनुभयो ।  

दशदेखि १४ वर्ष उमेर समूहका बालबालिका विद्यालयनजिकैको खोलामा पौडी खेलेर आएपछि कक्षाकोठामा बेहोस भएको अध्यक्ष सिहंको भनाइ छ । 

महाबै आधारभूत अस्पतालका डा. अरुण मण्डलले गर्मीमा पर्याप्त पानी नपिएकाले विद्यार्थीमा डिहाइड्रेसन भएर बेहोस भएको बताउनुभयो । प्रेमराज सिम्खडाले गोरखापत्रमा समाचार लेखेका छन् ।

Top Post Ad

post bottom ads

Ads Bottom