Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

जंगलबाट निस्केको गैंडाले करेसाबारीमा काम गरिरहेका एक जनाको ज्यान लियो - Brighter Khabar

 

करेसाबारीमा काम गरिरहेको अवस्थामा जंगलबाट निस्केको गैंडाले आक्रमण गर्दा घाइते भएका एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुर १७ नारायण चोकका ६० वर्षका झलकराज पौडेलको शनिबार बिहान ११ः४५ बजेको समयमा मृत्यु भएको हो ।

घर पछाडिको करेसाबारीमा काम गर्दै गरेको अवस्थामा शनिबार बिहान ११ बजेको समयमा उहाँलाई गैंडाले आक्रमण गरेको थियो ।

आक्रमणबाट टाउको, पेट र शरीरको विभिन्न भागमा गम्भीर चोट लागेका उहाँलाई उपचारको लागि भरतपुर अस्पतालमा ल्याइएको थियो ।

उहाँसँगै सोही ठाउँका ५७ वर्षीय टंकनाथ रेग्मी समेत सामान्य घाइते हुनुभएको थियो । उहाँ सामान्य उपचारपछि घर फर्किनुभएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom