Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरामा म्याद गुज्रे'को ३ सय कार्टुन बिय'र नियन्त्रणमा लिएर न'ष्ट - Brighter Khabar

म्याद गुज्रेको बियर नष्ट गर्दै जिल्ला प्रशासन कास्की 

पोखरा, २७ वैशाख  ।  कास्कीको पोखरा महानगर पालिका  वडा नम्बर ५ स्थित लाभाजु इन्टरप्राइजेजमा रहेको म्याद गुज्रेको बियर नष्ट गरिएको छ ।

लाभाजुले स्टोर गरी राखेको म्याद गुज्रेको करिब १४ लाख बराबरको बियर नष्ट गरिएको हो । 

म्याद सकिएको बियर बेचिराखेको छ भन्ने सूचना प्राप्त गर्न साथ अनुगम टोली उक्त स्टोरमा पुगेर खानतलासी गर्दा सो बियर भेटिएको हो ।

कास्की प्रहरीका अनुसार बर्डवाइजर नामको बियर बरामद गरेर नष्ट गरिएको हो । स्टोर खानतलासी गर्दा छ सय पचास  एमएल को ३ सय १३ कार्टुन र तिन सय तिस एमएलको ६ कार्टुन बियर प्रशासनले फेला पारेको थियो  ।

साथै उक्त इन्टरप्राइजेजका सञ्चालकलाई समेत कानुन अनुसार कारबाही गरिने कास्की प्रशासनले जनाएको छ ।


Top Post Ad

post bottom ads

Ads Bottom