Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बिहान ६ बजेदेखि एक युवक हाइटेन्सन पोलमै , प्राधिकरणले विद्युत प्रसारण बन्द गरेन - Brighter Khabar

विधुतको पोलमा चढेको एक माझी युवा

मोरङ- सडक किनाराको पर्खाल (रिटेनिङ वाल) बलियो र गुणस्तरीय बनाउन माग गर्दै एक युवाले १ लाख ३२ हजार भोल्टको विद्युत प्रसारण लाइनको पोलमा चढेका छन् । 

अहिले पनि प्रसारण लाइनमा १ लाख ३२ हजार भोल्ट विद्युत प्रवाह भइरहेको छ । हाइटेन्सन पोलमा मानिस चढेको जानकारी गराएको भए पनि नेपाल विद्युत प्राधिकरणले बिजुली नकाटेको खबर छ  ।

झापालगायत मेची पहाडका जिल्लामा विद्युत अवरुद्ध हुने भएकाले उद्धारको सबै तयारी पूरा नभई प्राधिकरणले विद्युत प्रसारण बन्द नगरेको जनाएको छ ।  

उद्धार गर्न  १५–२० मिनेटका लागि विद्युत बन्द गर्न सकिने तर लामो समय विद्युत बन्द गर्न नसकिने प्राधिकरणले सुरक्षाकर्मीलाई जानकारी गराएको छ ।

युवाको उद्धार गर्न सुरक्षाकर्मी लागे पनि सफल भएका छैनन् ।  पोलमा चढेर विरोध गरिरहेका बुढीगंगा –७ डंग्राहाका ४० वर्षे युवा दिनेशकुमार माझीलाई त्यहाँबाट उद्धार गर्न प्रहरीलाई माथि चढाउँदा जोखिम हुनसक्ने भन्दै प्रहरीले युवाको माग पूरा गर्न आग्रह गरेको छ ।  

हाई भोल्टेज विद्युत प्रवाह भइरहेको पोलमा बिहान ६ बजेदेखि माझी पोलमा चढेर बसेको प्रहरीले जनाएको छ । उद्धारका लागि पोलका तल सुरक्षाकर्मी र स्थानीयको बाक्लो उपस्थिति रहे पनि युवा पोलबाट उत्रन मानेका छैनन् ।

माझीले गुणस्तरीय निर्माणको विश्वास दिलाउनु पर्ने र आफूसँग छलफल गर्न तयार हुनुपर्ने माग राखेका छन् । 

सुरक्षाकर्मीले माझीलाई तल झार्न निरन्तर प्रयास गरिरहेको भएपनि  युवा पोलबाट झर्न नमानेको मोरङ प्रहरीले जनाएको छ ।  

Top Post Ad

post bottom ads

Ads Bottom