Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

घरबाट विद्यालय निस्केका पोखरा १४ का दीपेश सम्पर्क विहीन - Brighter Khabar

 


पोखरा- पोखरा महानगरपालिका वडा नम्बर १४ स्थित शुभकामना टोल निवासी दीपेश कुमार महतो सम्पर्क विहीन भएका छन् । 

जेष्ठ १ गते घरबाट विद्यालय निस्केका १४ वर्षीय महतो घर नफर्केको उनको परिवारले जनाएको छ । 

स्थायी ठेगाना  सर्लाही परिपुर नगरपालिका  वडा नम्बर ४   भएका दीपेश परिवार र आफन्तको सम्पर्कमा नआएपछी परिवारले खोजीकार्य गरिदिन सबैमा आग्रह गरेको  छ  । 

गहुँ गोरो र मझौला शरीर भएका दीपेशले हराएको बखत सेतो सर्ट कालो पाइन्ट सँगै  कालो जुत्ता लगाएको उनको  परिवारले जनाएको छ  ।  

साथै ५.४ फिट उचाइ रहेका दीपेशको विशेष चिन्ह (पहिचान)  अगाडीको दाँत केही बाहिर निस्किएको बताउँदै परिवारले सो अवस्थामा देख्ने जो कसैले पनि उनलाई नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन  आग्रह गरेको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom