Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

भित्री वस्त्रमा लगाएको प्याडमा ला'गू'औ'ष'ध हालेर काठमाडौँ जाँदै गर्दा दुई युवती प'क्राउ - Brighter Khabar

झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट लागूऔषधसहित पक्राउ परेका दिदिबहिनी, तस्विर : गोरखापत्र 

झापा , २२ वैशाख । भित्र वस्त्र (पेन्टी) मा लगाएको प्याडमा लागू औषध हालेर बोकेको अवस्थामा दुई जना पक्राउ परेका छन्  । 

झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट प्याडमा लागू औषध हालेर लैजाँदै गरेका २ दिदीबहिनी पक्राउ परेका हुन् ।

हेटौँडा १ घर भई हाल झापा मेचीनगर बस्ने २१ वर्षीय सोनी श्रेष्ठ (राजवंशी) र उहाँकी दिदी २३ वर्षीय सन्ध्या श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

प्याडमा प्याडकै आकार बनाएर ७६ ग्राम ३४० मिलिग्राम ब्राउन सुगर लुकाएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले बताउनुभयो  ।

प्रहरीका अनुसार उनीहरू बिहीबार राति ९ बजे बुद्ध एयरको जहाजबाट  काठमाडौँ जाने तयारीमा रहेका थिए ।

Top Post Ad

post bottom ads

Ads Bottom