Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

मेरिगोल्ड आवासीय मा वि मा वक्तृत्वकला प्रतियोगिता सम्पन्न - Brighter Khabar


पोखरा -  पोखरा महानगरपालिका  वडा नम्बर  १५ नयाँगाउँमा अवस्थित  मेरिगोल्ड अँग्रेजी आवासीय मा वि मा अंग्रेजी विधाको वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ  । 

विद्यालयले आफ्नो अतिरिक्त क्रियाकलापको बार्षिक तालिका अनुसार आज आफ्नै सभाहलमा 'राष्ट्र निर्माणमा युवाहरुको भूमिका' भन्ने शिर्षकमा  माध्यमिक तहको वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको हो  । 

माध्यमिक तहका विद्यार्थीहरू मध्येबाट ३० जना विद्यार्थी सहभागी कार्यक्रममा कक्षा १० मा अध्ययनरत छात्रा ममता थापाले प्रथम स्थान प्राप्त गरेकी छिन् भने कक्षा १० का  छात्र प्रतिक गुरुङले द्वितीय स्थान प्राप्त गरेका छन्   ।

Top Post Ad

post bottom ads

Ads Bottom