Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पेरुको एक सु'नखानीमा आ'ग'ला'गी'मा परी २७ जनाको ज्यान गयो - Brighter Khabar


एजेन्सी,  पेरुको एक सुनखानीमा आगलागीमा परी २७ जनाको मृत्यु भएको छ । यो दुर्घटनामा दशककै सबैभन्दा ठूलो घटना भएको बताइएको छ । 

दुर्घटनाग्रस्त स्थानबाट दुई जनाको उद्दार गरिएको छ । बाँकी अन्यलाई जीवितै उद्दार गर्न सम्भावना लगभग समाप्त भएको अधिकारीहरुले बताएका छन् । 

एरिक्पा क्षेत्रको ला एस्पेरान्जा नामक सुनखानीमा विद्युतीय सर्ट सर्किटका कारण आगलागी भएको अनुमान गरिएको छ । दुर्घटनाग्रस्त खानीको अध्ययनका लागि ३० जना विशेषज्ञ अधिकारीहरुलाई घटनास्थलतर्फ पठाइएको स्थानीय संचार माध्यमहरुले जनाएका छन् । 

खानी रहेको पहाडी क्षेत्रबाट आगो र धुँवाको मुस्लो निस्किएका दृश्यहरु सार्वजनिक भएका छन् । खानीमा आगलागी भएको समय कामदारहरू जमिनको सतहबाट करिब ८० देखि १०० मिटरको गहिराईमा काम गरिरहेको अनुमान गरिएको छ । 

खानी दुर्गम क्षेत्रमा रहेको र मानव बस्तीबाट निकै टाढा रहेकाले पनि तत्काल अग्नी नियन्त्रणको गर्न कठिन भएको थियो ।

Top Post Ad

post bottom ads

Ads Bottom