Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्कुल बसको ठक्करबाट ८ वर्षीय बालिकाको ज्यान गयो - Brighter Khabar


स्कुल बसको ठक्करबाट  ८ वर्षीय बालिकाको मृत्यु भएको छ ।

झापा बुद्ध शान्ति ४ स्थित जोरलाबरमा शनिवार ना ४ ख १३१३ नम्बरको को शान्ति आदर्श माध्यमिक विद्यालय शान्तिनगरको बसले बाटोमा हिँड्दै गरेकी बालिकालाई ठक्कर दिँदा बालिकाको ज्यान गएको हो ।

बाटोमा हिँड्दै गरेकी वर्ष ८ की सोमिया तामाङलाई बसले ठक्कर दिएपछि गम्भीर घाइते भएकी थिइन् । गम्भीर घाइते भएकी सोमियालाई बिर्तामोड स्थित बि एण्ड सी अस्पतालमा लगिएको भए पनि उनको उपचारको क्रममा ज्यान गएको अस्पतालले जनाएको छ ।   सोमियाको ५ः३० बजे अस्पतालले मृत घोषणा गरेको थियो ।

 स्कुल बस चालक इलाम जिल्ला रोङ ५ का  ५२ वर्षीय प्रेम कुमार राईलाई पक्राउ गरी थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom