Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गयो, एक गम्भीर घाइते - Brighter Khabar

सांकेतिक तस्विर


पोखरा , ९ जेठ । पोखरामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ ।  

मंगलबार  विहान पोखरा महानगरपालिका–६ खहरेचोकस्थित हल्लनचोकबाट गैह्राकोचौतारातर्फ जाँदै गरेको ग२४प ३१० नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडक छेउको बिजुलीको पोलमा ठोक्किएर दुर्घटना हुँदा काठमाडौँ कपनका १८ वर्षीय सफल खतिवडाको ज्यान गएको हो । 

वडा प्रहरी कार्यालय बैदामबाट गएको प्रहरी टोलीले घाइतेलाई उद्धार गरी उपचारका लागि मेट्रोसिटी अस्पताल पठाएको भएपनी सफलको उपचारको क्रममा ज्यान गएको अस्पतालले जनाएको छ ।

दुर्घटनामा परी अर्का एक जना घाइते भएका छन् । सवारी  चालक तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पु बस्ने १७ वर्षीय सङ्गम बानियाँ घाइते भएका हुन् । उनको  टाउको र घाँटीमा चोट लागेको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परेको सवारी नियन्त्रणमा लिई  थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ

Top Post Ad

post bottom ads

Ads Bottom