Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको ज्यान गयो - Brighter Khabar


पाल्पा, २६ वैशाख 

पाल्पामा टिपरले  मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको ज्यान गएको छ । गएराती बेलुका  बुटवलबाट तानसेनतर्फ आउँदै गरेको लु १ ख २६१४ नम्बरको टिपरले विपरित दिशातर्फ जाँदै गरेको लु ४४ प ५८०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको हो ।

ज्यान जानेमा मोटरसाइकल चालक गुल्मीको छत्रकोट गाउँपालिका वडा नं.-३ हर्दिनेटाका ३० वर्षीय जीवन पन्त रहेको प्रहरीले जनाएको छ ।

दुर्घटना पश्चात  गम्भीर घाइते भएका पन्तको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो । 

प्रहरीका अनुसार  टिपरका चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom