सांकेतिक तस्विर |
रसुवाकी एक किशोरीको शव जंगलमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
रसुवाको कालिका गाउँपालिका-४, भदौरेकी १९ वर्षीया लक्ष्मी पौडेलको शव रिप पालेको वनमा झुन्डिएको साथै जलेको अवस्थामा भेटिएको हो ।
प्रहरीका अनुसार जङ्गलमा आगलागी समेत भएकोले किशोरीको शव जलेको हो ।
मृत शरिरलाइ पोष्टमार्टमका लागि त्रिशूली अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
किशोरीको धेरै दिन अगाडीनै मृत्यु भएको हुनसक्ने स्थानियले दाबी गरेका छन ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।