Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत- Brighter Khabar

 


पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । 

आजको गण्डकी प्रदेश सभामा भएको मतदानमा पाण्डेले ३५ मत प्राप्त गरे भने उनको विपक्षमा २२ मत परेको थियो ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा काँग्रेसको २७, माओवादी केन्द्रका ७ र मनाङबाट स्वतन्त्र हैसियतमा जितेर एकिकृत समाजबादी पार्टीमा प्रवेश गरेका राजीव गुरुङले पाण्डेलाई मत दिएका थिए । राप्रपा भने विश्वासको मत लिने कार्यक्रममा सहभागी भएन ।

गोरखा २ (ख) बाट निर्वाचित पाण्डे नेपाली काँग्रेसका केन्द्रीय सदस्य हुन् । नेपालको संविधानमा मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र मुख्यमन्त्रीले  विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

Top Post Ad

post bottom ads

Ads Bottom