Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

अ'योग्य ल'डाकु'लाई २/२ ला'ख दिने प्रधानमन्त्री प्रचण्डको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश- Brighter Khabar


काठमाडौं- सर्वोच्च अदालतले अयोग्य लडाकुलाई रु दुई-दुई लाख दिने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ ।

न्यायाधीश कुमार रेग्मीको एक इजलासले आज उक्त विषयमा सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको हो । अधिवक्ता ज्ञानेन्द्र आरणसहितले अयोग्य लडाकुलाई जनही रु दुई लाख दिने निर्णय कार्यान्वयन नगर्न आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।

उक्त रिट निवेदनमाथिको प्रारम्भिक सुनुवाइपछि अदाललते रकम दिने निर्णय कार्यान्वयन नगर्न आदेश गरेको हो । अदालतले लिखित जवाफ माग गर्दै दुवै पक्षलाई छलफलमा बोलाउने आदेश गरेको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom