गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले बिहीबार रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिनुभएको हो ।
गुठी संस्थानका प्रमुख लक्षुना शर्मा काफ्लेले राष्ट्रपतिको उपस्थितिमा भोटो देखाउने कार्यक्रम रहेकाे जानकारी दिनुभयो ।
भोटो देखाउने समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल उपस्थित हुने कार्यक्रम रहेको छ । समारोहमा राष्ट्रपतिसँगै विभिन्न विशिष्ट व्यक्तिको उपस्थिति हुने संस्थानले जनाएको छ ।
बिहीबार साँझ ४:३० बजे जावलाखेलमा रातो मच्छेन्द्रनाथको भोटो देखाइनेछ ।
बिहीबार बिहान बुङ्गमतीबाट मच्छेन्द्रनाथको भोटो ल्याइनेछ ।