Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

नुहाउने क्रममा डुबेर दुई जनाको ज्यान गयो - Brighter Khabar

सांकेतिक तस्विर 


वैशाख २४,  जनकपुरधाम उपमहानगरपालिका–२४ का अलिहसन अन्सारीका जुम्ल्याहा छोराहरु ९ वर्षीय मोहमद अल्कामा अन्सारी र मोहमद अब्दुल अन्सारीको मृत्यु भएको छ ।

हिजो साँझ वडा नं. २४ बसहियास्थित गोगल प्रसाद नमुना मावि अगाडिको पोखरीमा नुहाउने क्रममा दुवै बालकको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुवै बालकलाई पोखरीबाट निकाली उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा लगेपनि चिकित्सकले दुबैलाई मृत घोषणा गरेको थियो ।

घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom