Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य घट्यो - Brighter Khabar

 


अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थ (क्रुड आयल ब्रेन्ड) को मूल्य २०.३ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो एक वर्षमा अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य २० प्रतिशत घटेको हो ।

अन्तर्राष्ट्रिय बजारमा २०७८ चैत मसान्तसम्म प्रतिब्यारेल १०८.४९ अमेरिकी डलर रहेकामा २०७९ चैतमा घटेर ८६.५१ अमेरिकी डलरमा झरेको हो । रुस-युक्रेनको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको थियो ।

रुसले युक्रेनमा आक्रमण गरेसँगै युरोपेली सङ्घका मुलुकले रुसबाट तेल आपूर्तिमा प्रतिबन्ध लगाएपछि तेलको मूल्य एक्कासि बढेको थियो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा त्यसको असर नेपालमा समेत परेको थियो ।

गत असोजदेखि नै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य क्रमिक रूपमा घट्दै गएको छ । पछिल्लो समय तेलको उत्पादन बढ्दै गएपछि मूल्यमा गिरावट हुँदै आएको हो । एक महिनाको अवधिमा प्रतिब्यारेल १० अमेरिकी डलरले घटेको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दै गएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom